३. भानु जन्मस्थल विकास समितिको गठन ः
(१) भानु जन्मस्थलको सामाजिक, आर्थिक, साँस्कृतिक पक्षको संरक्षण एवं सम्बद्र्धन गरी नेपाली भाषा र साहित्यको विशिष्ट केन्द्रको
रूपमा विकसित गर्न भानु जन्मस्थल विकास समिति नामको एउटा समिति गठन हुनेछ ।
(२) समितिमा देहायका सदस्यहरू रहनेछन् ः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) भानु जन्मस्थलसंग सम्बन्धित क्षेत्र संसद सदस्य – सदस्य
(ग) सभापति, तनहुँ जिल्ला विकास समिति – सदस्य
(घ) अध्यक्ष, भानु गाउँ विकास समिति – सदस्य
(ङ) अध्यक्ष, तनहुँसुर गाउँ विकास समिति – सदस्य
(च) अध्यक्ष, वरभन्ज्याङ गाउँ विकास समिति – सदस्य
(छ) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, तनहुँ – सदस्य
(ज) प्रमुख, मालपोत कार्यालय, तनहुँ – सदस्य
(झ) प्रतिनिधि, युवा, खेलकूद तथा संस्कृति मन्त्रालय – सदस्य
(ञ) भानु जन्मस्थल तथा नेपाली भाषा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये नेपाल सरकारले मनोनीत गरेको तीन जना – सदस्य
(ट) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) अध्यक्ष तथा मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ र निजहरू पुन मनोनयन हुन सक्नेछन् ।
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।